०४ असार २०८३, बिहीबार

विमानभित्र पावर बैंक विस्फोट हुँदा आगलागी (भिडियो)

फागुन १४, २०७४
विमानभित्र पावर बैंक विस्फोट हुँदा आगलागी (भिडियो)

काठमाडौं, १४ फागुन — चीनमा एउटा ठूलो विमान झण्डै दुर्घटना भएको छ । एक यात्रीको झोलामा भएको पावर बैंक अचानक पड्किएर आगो लाग्दा विमानमा हंगामा भयो ।

तर एयरहोस्टेसले दिमाग लगाएर आगोमा नियन्त्रण कायम गरिन् । दुर्घटनामा कुनै हताहती भएन । 

घटनापछि यात्रीहरूलाई अर्को विमानमा पठाइयो जसकारण विमान निश्चित समयभन्दा चार घण्टापछि उड्यो । 

विमानमा भएका एक यात्रीले यो सबै घटना भिडियोमा कैद गरे । भिडियोमा के देखिन्छ भने विमानमा राखिएको एक झोलाबाट अचानक आगो लाग्छ अनि यात्रीहरूले यसको सूचना तत्कालै क्रू मेम्बरलाई दिन्छन् । यात्री तथा क्रू
मेम्बरहरूले पानी तथा जुसको सहायताले आगो नियन्त्रण गर्छन् । 

चीनको दक्षिणी प्रान्तबाट शांघाईका लागि उडान भर्ने क्रममा यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार आगो लाग्दाखेरी डिभाइसको उपयोग गरिएको थिएन ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्