०६ असार २०८३, शनिबार

श्रीदेवीको पोस्टमोर्टम रिपोर्ट सार्वजनिक : बाथटबमा डुबेर भयो मृत्यु

फागुन १४, २०७४
श्रीदेवीको पोस्टमोर्टम रिपोर्ट सार्वजनिक : बाथटबमा डुबेर भयो मृत्यु

काठमाडौं, १४ फागुन — श्रीदेवीको मृत्युको पोस्टमार्टम रिपोर्ट यूएईको भारतीय राजदूतावासलाई सुम्पिइएको छ । 

पोस्टमोर्टमको विस्तृत जानकारी दिइएको छैन । सूत्रहरूका अनुसार, श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको हो । 

प्रहरीका अनुसार, भारतीय उच्चायोगको प्रक्रिया पूरा भएपछि पार्थिव शरीर भारत लगिनेछ । शरीर उनको घर वर्सोवामा लगिनेछ । पूरा घरलाई सेतो फूलले सजाइएको छ ।

श्रीदेवीको पोस्टमोर्टम आइतवार नै भएसकेको थियो तर रिपोर्ट आउन ढिलो भयो । त्यसैले गर्दा उनको मृत्यु प्रमाणपत्र पनि ढिलो बन्यो । राति अबेर श्रीदेवीको शरीर मुम्बई ल्याइने सम्भावना रहेको बताइएको छ । 

श्रीमतीको मृत्युपछि बोनी कपूर बच्चाहरूले जस्तै रोएको बताइएको छ । 

यसैबीच गल्फ न्युज वेबसाइटले प्रकाशित गरेको खबरअनुसार श्रीदेवीको शरीरमा अल्कोहलको मात्रा भेटिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्