०१ असार २०८३, सोमबार

साउदी अरबका सबै प्रमुख सैनिक अधिकारी बर्खास्त

फागुन १५, २०७४
साउदी अरबका सबै प्रमुख सैनिक अधिकारी बर्खास्त

काठमाडौं, १५ फागुन — साउदी अरबले सोमवार राति शाही आदेश जारी गरेर सबै प्रमुख सैनिक अधिकारीलाई बर्खास्त गरिदिएको छ । सेनाप्रमुख समेत निकालिएका छन् । 

वायुसेना र स्थलसेनाका उच्च अधिकारीहरू पनि निकालिएका हुन् । 

अनि कैयौं उपमन्त्रीहरू नियुक्त गरिएका छन् । यी नयाँ नाममा तमादुर बिन्त यूसुफ अल रमाह नामक महिला उपमन्त्री पनि छिन् ।

साउदीमा कुनै महिला उपमन्त्री बन्नु सामान्य कुरा होइन । 

यमनमा साउदी नेतृत्वमा गठबन्धन सेनाले विद्रोहीहरूका साथ लडाईं गरेको तीन वर्ष पूरा हुन लागेको छ । 

साउदी हस्तक्षेपका कारण हूती विद्रोहीहरू देशको दक्षिण भागमा सीमित भएका छन् तर राजधानी सना र अन्य इलाकामा डटिरहेका छन् ।

लगभग तीन वर्षदेखि साउदी सेना यमनमा लडिरहेकाले देशको अर्थव्यवस्थामा अतिरिक्त बोझ परेको छ । यसका साथै हूती विद्रोहीहरूले साउदीको राजधानी रियादमा क्षेप्यास्त्र हान्ने धम्की पनि दिएका छन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्