
काठमाडौं, १५ फागुन- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखाकास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । बैंकले संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहना अनुसार शाखा विस्तारमा जोड दिईरहेको जनाएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका थिए । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै आफ्नो ग्राहकवर्गहरुलाईविभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।