१५ असार २०८३, सोमबार

काठमाडौंमा सवारी दुर्घटनामा परि ६ महिनामा ३५ पैदलयात्रुको मृत्यु

फागुन १५, २०७४
काठमाडौंमा सवारी दुर्घटनामा परि ६ महिनामा ३५ पैदलयात्रुको मृत्यु

काठमाडौँ, १५ फागुन - काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४÷/७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । 

महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् । 

उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा १४३, आव २०७१/७२ मा १३३, आव २०७२/७३ मा १६६ र आव २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउनुहुन्छ । “दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । 

महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आवको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । 

ट्राफिक व्यवस्थापनका सहकार्यको खाँचो 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

महाशाखाले गत माघ १७ देखि १९ सम्म चितवनको टाँडीमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको हो । 

कार्यक्रममा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यातायात क्षेत्रको व्यवस्थापनका लागि व्यवसायीको ट्राफिक प्रहरीसँग सहकार्य आवश्यक रहेको बताउनुभयो । 

“यातायात क्षेत्रको व्यवस्थापनका लागि हामी सबै एक ठाउँमा उभिनु जरुरी छ”, उहाँले भन्नुभयो । ट्राफिक र व्यवसायीको उद्देश्य राष्ट्र निर्माणका लागि भएकाले एकापसमा मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

महासंघका नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले नेपालको ट्राफिक क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीको साथ र सहयोग रहने बताउनुभयो । 

महासंघका महासचिव सरोज सिटौलाले काठमाडौँ उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको भन्दै यसको व्यवस्थापनका लागि महासंघले ट्राफिक प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्