०१ असार २०८३, सोमबार

श्रीदेवीको शरीरलाई भारत ल्याउने अनुमति दिइयो

फागुन १५, २०७४
श्रीदेवीको शरीरलाई भारत ल्याउने अनुमति दिइयो

काठमाडौं, १५ फागुन — श्रीदेवीको मृत्युको तीन दिनपछि उनको परिवारलाई उनको पार्थिव शरीर भारत ल्याउने अनुमति दिइएको छ । सरकारी वकिलको अनुमति पाएपछि पार्थिव शरीरमा लेप लगाउने प्रक्रिया शुरू हुनेछ । 

शरीर आज राति अबेर मुम्बई आइपुग्ने सम्भावना छ । 

श्रीदेवीको मृत्युको तीन दिनपछि मंगलवार दिउँसो बल्ल पार्थिव शरीर भारत ल्याउने अनुमति दिइएको हो । 

परिवारलाई क्लीयरेन्स लेटर दिइएपछि शव ल्याउने बाटो खुलेको हो । 

अब यस मामिलामा कुनै अनुसन्धान हुने छैन । 

पब्लिक प्रोसिक्युसन डिपार्टमेन्टले नो अब्जेक्सन सर्टिफिकेट दिएपछि भारत ल्याउने कानूनी प्रक्रिया पूरा हुनेछ । 

यसैबीच एसियानेट न्युजले श्रीदेवीको शिरमा चोटको निशान रहेको रिपोर्ट गरेको छ ।

गल्फ न्युजका अनुसार, श्रीदेवीका सौतेनी छोरा अर्जुन कपूर आफ्ना पितालाई भेट्न दुबई पुगेका छन् । 

श्रीदेवीका प्रशंसकहरू उनको अन्तिम दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् । उनको पार्थिव शरीर उनकै बंगलामा अन्तिम दर्शनका लागि राखिनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्