×

NMB BANK
NIC ASIA

सिंहदरबारमा मातृका र लालबाबुको प्रभाव : कामचोर कर्मचारीको ‘भागाभाग’

फागुन १५, २०७४

NTC
Premier Steels

काठमाडौं १५ फागुन– अरु दिन ११ बजेपनि आइनपुग्ने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका कर्मचारीहरु मंगलवार १० नबज्दै कार्यालय आइपुगे । मन्त्रालयका उच्च अधिकारीदेखि तत्लोतहका कर्मचारीहरु समेत कानेखुसी गर्दै थिए, मन्त्रीको नियम कडा छ !

Muktinath Bank

सोमवार शपथ लिएर पदभार ग्रहणको समयमै नवनियुक्त उद्योग मन्त्री मात्रिका यादवले समयमै उपस्थित हुन कर्मचारीलाई निर्देशन दिएका थिए । ‘गडबढ गर्नेका लागि मात्र म खरता हुँ, राम्रो काम गर्नेलाई मित्रवत व्यबहार गर्छु,’ पदवहाली पछि यावदले भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारी काम कहिले जाला घाम’ प्रबृत्तिका ‘ठग’ सरकारी कर्मचारीलाई लालबाबु पण्डित र मात्रिका जस्तो खरो स्वभावका मन्त्रीको आगमन जीउमा ‘काउछो लगाए’ सरह भएको छ । कार्यालय समयमा कतिपय सरकारी कर्मचारी नै शेयर कारोवार गर्न गएको राष्ट्रिय सतर्कता केन्द्रले फेला पारेको थियो । 


Advertisment
Nabil box
Kumari

उद्योग मन्त्रालयका उपसचिवस्तरका एक कर्मचारीले मातृकाको आगमनले आफूहरु आतंकित बन्नु पर्ने कारण नभएको बताए । ‘मन्त्री स्पष्ट वक्ता हुन्, खरो बोल्ने व्यक्ति हुन् । हामी जस्तो काम गर्नेलाई समस्या छैन, जसले चाप्लुसी गर्दथे उनीहरुलाई गाह्रो होला,’ ती कर्मचारीले लोकान्तरसँग भने ।

Vianet communication

विगतको कार्यशैलीका कारण मातृका यादवको नाम कर्मचारी बृत्तमा सधैं चर्चा र भयको विषय बनिरहन्छ । विगतमा वन मन्त्री रहेको समयमा ललितपुरका तत्कालीन जिल्ला विकास अधिकारीलाई शौचालयमा थुनेर मातृकाले कर्मचारी बर्गमा आफ्नो खरो स्वभाव प्रदर्शन गरेका थिए । मातृकाको सो शैलीको कर्मचारी संगठनहरुले विरोध जनाएका थिए । 

पूरानो शैली नदोहोर्याएपनि मातृकाले ठग र अल्छी कर्मचारीलाई छूट नदिने संकेत सोमवार नै गरिसकेका छन् । कर्मचारीलाई शौचालयमा थुनेको घटनाले मातृकाले गरेका अन्य केही राम्रा काम छायाँमा परे । भूमिसुधार मन्त्री रहेको समयमा उनी सेवा ग्राहीको भेषमा रिक्सा चढेर मालपोत कार्यालयमा छड्के जाँचमा जाने गरेका थिए । 

लालबाबुको करामत

डिभी र पीआरधारी कर्मचारीलाई सरकारी जागिर छाड्न बाध्य बनाएका लालबाबु पण्डितको आगमन कामचोर सरकारी कर्मचारीलाई अर्को टाउको दुखाइको बिषय बनेको छ । मन्त्रालय मात्र नभइ मन्त्रालयसंग सरोकार राख्ने सरकारी कार्यालयका कर्मचारीलाई समेत उनले जवाफदेही बनाउने बताएका छन् । 

काठमाडौं उपत्यकाको धुलो नियन्त्रण अभियानमा सडकको मर्मत नगर्ने, सडक भत्काएर छाड्ने निकायका अधिकारीलाई समेत कारवाहीको दायरामा ल्याउने उनले बताएका छन् । लालबाबुको आगमनसंगै कर्मचारीहरु दिनभर मन्त्रालय बस्ने गरेका छन् । 

मन्त्रालय आएको दिन मै लालबाबुले विदेशीको चाकडी गर्नेहरुको स्वार्थ अनुसारको काम नगर्न कर्मचारीलाई कडा निर्देशन दिइसकेका छन् । मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा गएर नियमित काम समेत प्रभावित हुने गरेको भन्दै उनले काममा प्रतिबद्ध हुन कर्मचारीलाई निर्देशन दिएका थिए । 

‘हिमाल हेर्न मन लागे नेपालमै छ, पहाड नेपालमै छ, सम्म ठाउँ हेर्न विदेश जानु पर्दैन, तराई गए हुन्छ,’ लालबाबुले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए । 
शंक्रमणकाल सकिएको र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै मन्त्रीद्वयले कर्तव्यनिष्ठ भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

मंगलवार उद्योग मन्त्रालयमा भेटिएका एक सेवाग्राहीले मातृका र लालबाबुजस्ता खरो स्वभावका नेता मन्त्री भएर आएपछि कामचोर ‘ठग’ कर्मचारीको सातो गएको बताए । ‘पहिले दश चोटी फाइल अड्काउने उद्योग मन्त्रालयका कर्मचारीले आज पहिलोचोटीमै काम गरिदिए,’ घरेलु उद्योगसम्बन्धी काम लिएर उद्योग मन्त्रालय पुगेका ती सेवाग्राहीले लोकान्तरसँग भने, ‘कर्मचारीले यसरी नै काम गरिदिने हो भने देश विकास हुन बेर लाग्दैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x