२७ जेठ २०८३, बुधबार

श्रीदेवीको शरीर अन्तिम दर्शनका लागि राखियो सेलिब्रेसन क्लबमा, पौने ४ बजे अन्तिम संस्कार

फागुन १६, २०७४
श्रीदेवीको शरीर अन्तिम दर्शनका लागि राखियो सेलिब्रेसन क्लबमा, पौने ४ बजे अन्तिम संस्कार

काठमाडौं, १६ फागुन — अन्तिम दर्शनका लागि श्रीदेवीको पार्थिव शरीर बुधवार मुम्बईको लोखण्डवालास्थित सेलिब्रेसन स्पोर्ट्स क्लबमा राखिएको छ । अन्तिम संस्कार दिउँसो पौने ४ बजे गरिनेछ । 

मंगलवार राति उनको शव दुबईबाट मुम्बई ल्याइएको थियो । शरीरलाई सीधै उनको घर ग्रीन एकर्समा लगिएको थियो ।

हिजै दिउँसो दुबई प्रहरीले इन्डियन कन्सुलेट र श्रीदेवीको परिवारलाई क्लीयरेन्स लेटर दिएर केस बन्द गरिदिएको थियो । सोमवार फोरेन्सिक रिपोर्टबाट श्रीदेवीको मृत्यु कार्डिएक अरेस्टबाट नभई बाथटबमा डुबेर भएको खुलासा भएको थियो । 

श्रीदेवीलाई सेतो रंग मन पर्थ्यो । उनले परिवारका मानिस तथा निकटवर्तीहरूलाई आफ्नो अन्तिम समयमा सबै कुरा सेतो होस् भन्ने गर्थिन् । 

त्यसैलाई ध्यानमा राख्दै सेलिब्रेसन क्लबमा सेतो पर्दा र सेतो फूल लगाइएको छ ।

श्रीदेवीको परिवारका तर्फबाट मंगलवार जारी बयानमा भनिएको छ, ‘यस भावुक पलमा परिवारको साथ दिएकामा मिडियालाई धन्यवाद छ । श्रीदेवीको अन्तिम संस्कार पौने ४ बजे विले पार्लेस्थित मसानघाटमा गरिनेछ । दिउँसो सबा २ बजे अन्तिम यात्रा निकालिनेछ ।’

सेलिब्रेसन स्पोर्ट्स क्लब श्रीदेवीको घरबाट जम्मा १०० मिटरको दूरीमा छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्