०९ असार २०८३, मंगलबार

आश्चर्यजनक ! शाओलिन भिक्षुले सियोबाट शीशा छेडे (भिडियो)

फागुन १६, २०७४
आश्चर्यजनक ! शाओलिन भिक्षुले सियोबाट शीशा छेडे (भिडियो)

काठमाडौं, १६ फागुन — चीनको प्राचीन शाओलिन परम्पराका भिक्षुहरूले मानवीय सहनशीलता तथा शक्तिका असाधारण सफलता हासिल गर्ने गरेका छन् । तर शीशाबाट सियो छिराउने उपलब्धि अलि अविश्वसनीय नै छ । 

सुन्दा असम्भव लागेपनि शाओलिनको यो कार्यलाई शक्तिशाली स्लो मोसन क्यामरामा कैद गरिएको छ । यूट्यूबको सुपर स्लो शोको एक एपिसोडमा शाओलिन भिक्षुहरूले यस्तो उपलब्धि हासिल गरे अनि त्यसलाई फ्यान्टम भी२५११ क्यामराले कैद ग–यो ।

ब्रुस नामक भिक्षुले सियोले शीशा छेड्ने शाओलिनका ७२ मध्ये एक कला भएको व्याख्या गरेका छन् । यो कलामा महारथ हासिल गर्न गाह्रो छ र यसको सही तालमेल बनाउन कम्तीमा एक दशकको गहन तालिम आवश्यक हुन्छ । 

शाओलिन मास्टर फेङ फेई शीशाको पातोनेर जान्छन् । आफ्नो सबै शक्ति हातमा केन्द्रित गरेर वा ची को शक्तिलाई उपयोग गरेर ती भिक्षुले यति कठोरता तथा तीव्रताका साथ सियो फाल्छन् कि त्यसले शीशा छेड्छ अनि शीशाका टुक्राहरू पछाडि उडिरहेको एउटा बलूनमा ठोक्किएर त्यसलाई फुटाइदिन्छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्