
काठमाडौं, १६ फागुन-नेकपा (माओवादी केन्द्र)ले नेकपा एमालेसँग पार्टी एकता गर्ने गरी सहमति गरेपछि असन्तुष्ट पक्षका विद्यार्थीहरुले बुधबार छुट्टै भेला गरेका छन् ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणसमेतको उपस्थितिमा भेला बुधबार राजधानीमा भेला गरी आलोक रायमाझीको नेतृत्वमा अखिल क्रान्तिकारी केन्द्रीय संयोजन समिति बनाइएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा वैद्यसँगै माओवादी केन्द्र निस्कासित नेतात्रय गोपाल किराँती, लोकेन्द्र विष्ट मगर र विश्वभक्त दुलाल आहुती पनि सहभागी थिए ।
भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए ।
साथै उनले प्रचण्डले कम्युनिष्टहरूलाई दक्षिणपन्थमा लगेर विसर्जन गरेको आरोप पनि लगाए ।