
काठमाडौं, २० फागुन– काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा कार्यरत सुरक्षा गार्डको हत्या भएको पृष्टि भएको छ । हत्यामा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
शुक्रवार विहान ३ बजे सिटी सेन्टरको चौथो तलामा रहेको बिग मुभिजमा सुरक्षा गार्डको रुपमा कार्यरत पाँचथरको फिदिम घर भएका रविन भुजेलको हत्या भएको थियो । हत्या पछि उनलाई सिटी सेन्टरको चौथो तलबाट खसालिएको थियो ।
प्रहरीले खवासको हत्या गरेको अभियोगमा दोलखाको मेलुङ गाउँपलिका स्थायी घर भएका र हाल ललितपुर हाडीगाउँ बस्ने होमबहादुर बस्नेतका छोरा रुद्रबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
मृतक भुजेल सिटी सेन्टरको बिग मुभिजमा विगत २ वर्षदेखि सुरक्षा गार्डको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खवास र बस्नेतले सँगै मदिरा पिएका थिए । मदिरा पिएपछि भएको सामान्य विवादपछि बस्नेतले खवासरको मुख र नाक थिचेर हत्या गरेको र चार तला माथिबाट खसालेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।
शुरुमा काम गर्ने क्रममा खसेर मृत्यु भएको भनिएपनि खवासका आफन्तले उजुरी दिएपछि प्रहरीले घटनामाथि अनुसन्धान थालेको थियो । अनुसन्धान थालेलगत्तै महानगरीय प्रहरी बृत्त कमलपोखरीले बस्नेतलाई शुक्रवार नै पक्राउ गरेको थियो ।