
काठमाडौं २० फागुन– जेष्ठ सदस्यको हैसियतमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसदका सदस्यहरुलाई शपथ गराउने भएका छन् ।
संसद भवन नयाँ वानेश्वरमा आइतवार बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले जेष्ठ सदस्यको हैसियतमा महन्थले शपथ गराउने सहमति गरेको हो ।
प्राविधिक रुपमा जेष्ठ सदस्य बनेका महेन्द्रको उमेरको बिषयलाई लिएर विबाद भएपछि महन्थले शपथ गराउने भएका हुन् । महेन्द्रको वास्तविक उमेर भन्दा नागरिकताको उमेर निकै वढी पाइएको छ ।
सांसदहरुको शपथ अपरान्ह ४ बजे हुँदैछ । त्यसअघि जेष्ठ सदस्यले राष्ट्रपति विद्या भण्डारी समक्ष दिउसो १ बजे शपथ लिनेछन् ।