काठमाडौं, २० फागुन — भारतमा सुपरहिट रहेको सलमान खानको फिल्म बजरंगी भाईजान चीनमा शुक्रवार सार्वजनिक भएको छ ।
चीनमा यो फिल्म लिटिल लोलिता मंकी गड अंकल नामबाट रिलिज भएको हो । त्यहाँका दर्शकबाट फिल्मप्रति राम्रो प्रतिक्रिया आइरहेको छ ।
फिल्मले पहिलो दिन नै लगभग अढाइ लाख डलरको व्यापार गरेको छ । यसरी यो फिल्म अन्तर्राष्ट्रिय बक्स अफिसमा सबभन्दा धेरै कमाइ गर्ने सलमान खानको फिल्म भएको छ ।
चीनमा आठहजार स्क्रीनहरूमा फिल्म रिलिज भएको हो । कबीर खान निर्देशित यो फिल्मले भारतमा ३२०.३४ करोड भारुको कारोबार गरेको थियो । फिल्म पाकिस्तानमा समेत सुपरहिट भएको थियो ।
चीनमा फिल्मले कति करोड कमाउने हो भनी सलमानका प्रशंसकहरू प्रतीक्षा गरिरहेका छन् ।
एजेन्सी