०७ असार २०८३, आइतबार

रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

फागुन २०, २०७४
रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

धनगढी, २० फागुन– टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् । 

तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् ।

सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गरिनुपर्ने र थरुहटका माग सम्बोधन गरिनुपर्ने माग गर्दै अनशन सुरु गरेको जनाइको छ ।

उक्त घटनाको अभियोगमा २४ जना कैलाली करागारमा छन् भने, दुई जना नाबालकलाई पोखरास्थित बालसुधार गृहमा राखिएको छ । 


 

कमेन्ट गर्नुहोस्