०५ असार २०८३, शुक्रबार

चीनको रक्षा बजेटमा ८.१ प्रतिशतले वृद्धि

फागुन २१, २०७४
चीनको रक्षा बजेटमा ८.१ प्रतिशतले वृद्धि

काठमाडौं, २१ फागुन — चीनले सन् २०१८ मा आफ्नो रक्षा बजेट ८.१ प्रतिशतले बढाउने भएको छ । राष्ट्रिय संसदमा सोमवार पेश गरिएको बजेट रिपोर्टमा यो वृद्धि अघिल्लो वर्षको तुलनामा बढेको हो ।

समाचार संस्था सिन्ह्वाका अनुसार, सोमवारबाट शुरू भएको १३औं नेसनल पीपुल्स कंग्रेसको पहिलो सत्रमा पेश गरिने रिपोर्टलाई मिडियामा पहिल्यै उपलब्ध गराइएको थियो । 

रिपोर्टमा लेखिएबमोजिम चीनको रक्षा बजेट १११० करोड युआन अर्थात् १८ हजार ३७५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ । 

तेह्रौं बैठकअघि बैठकका प्रवक्ता झाङ येसुईले आइतवार पत्रकार सम्मेलनका क्रममा अनेकौं प्रमुख देशहरूका तुलनामा चीनको रक्षा बजेटमा कुल गार्हस्थ्य उत्पादन र राष्ट्रिय बजेटको सानो हिस्सा रहेको बताए । देशको प्रतिव्यक्ति
सैन्य खर्च अन्य प्रमुखका तुलनामा कम भएको उनको भनाइ छ । 

चीनको रक्षा बजेट अमेरिकाको भन्दा चार गुणा कम अनि भारतको भन्दा तीन गुणा बढी छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्