३१ जेठ २०८३, आइतबार

उत्तरसँग ऐतिहासिक आणविक वार्ताका लागि दक्षिण कोरियाको पहल

फागुन २१, २०७४
उत्तरसँग ऐतिहासिक आणविक वार्ताका लागि दक्षिण कोरियाको पहल

काठमाडौं, २१ फागुन — दक्षिण कोरियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आणविक तनाव घटाउने तथा अमेरिकासँगको वार्ताका लागि बाटो खोल्ने उद्देश्यले उत्तर कोरियाको राजधानीतर्फ गएको छ । 

सउलबाट हिँड्नुअघि राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख चुङ यूई–योङले भ्रमणको प्रमुख लक्ष्य गैरआणविकीकरण भएको बताए । उनी १० सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दैछन् । 

उनले एक पत्रकार सम्मेलनमा भने, ‘दक्षिण र उत्तर कोरियाबीच संवाद र सम्बन्ध सुधारका लागि राष्ट्रपति मून जे–इनको दृढ निश्चयको सन्देश दिनेछु । प्योङचाङ शीतकालीन ओलम्पिकको अवसरमा विकसित सम्बन्धले कोरियाली प्रायद्वीपलाई गैरआणविकीकरण गर्नुपर्छ ।’

चुङले दक्षिण र उत्तरबीच मात्र नभई उत्तर र अमेरिकाका बीच संवाद जारी राख्नका लागि गहन छलफल गर्ने योजना बनाएको उनले बनाए । 

उदारवादी मून गत वर्ष दक्षिण कोरियाको राष्ट्रपति भएदेखि त्यहाँको प्रतिनिधिमण्डलले सोमवार पहिलोपटक प्योङयाङ भ्रमण गर्दैछ । विगत दुई महीनायता दुई छिमेकीबीचको तनाव घट्दै गएपछि यो भ्रमण हुन सम्भव भएको हो ।
दुवै देशले सन् १९५०–५३ मा भएको कोरियाली युद्धपछि अहिलेसम्म पनि प्राविधिक रूपमा युद्धमै छन् ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्