२९ जेठ २०८३, शुक्रबार

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

फागुन २१, २०७४
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं २१ फागुन– नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा सोमवार भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई पराजीत गर्दै देउवा दोस्रो पटक संसदीय दलको नेता चयन भएका हुन् । देउवाको पक्षमा ४४ मत खसेको थियो भने सि‌हको पक्षमा १९ मत खसेको थियो ।

संसदीय दलको नेता विजय भएसंगै उनी संसदमा प्रमुख प्रतिपक्षी दलको नेता बनेका छन् । विपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य बन्ने प्रावधान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्