०५ असार २०८३, शुक्रबार

रौतहटमा चार वर्षीय बालिका बलात्कृत, १८ वर्षीय फैजान प्रहरी हिरासतमा

फागुन २१, २०७४
रौतहटमा चार वर्षीय बालिका बलात्कृत, १८ वर्षीय फैजान प्रहरी हिरासतमा

काठमाडौं, २१ फागुन– रौतहटमा चार वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा १८ वर्षीय युवा पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यलय गरुणाले रौतहतको गढीमाई नगरपालिका ७ का १८ वर्षीय फैजान अन्सारीलाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरेको हो । 

घरमा एक्लै भएको समयमा अन्सारीले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यलय गरुणाका प्रहरी निरीक्षक गोबिन्द थापाले लोकान्तरलाई बताए । ‘१५ गते बालिकामाथि जबर्जस्ती करणी भएको रहेछ’ थापाले भने,‘१६ गते बालिकाको आफन्तले उपचार गर्न लगेका रहेछन् । अस्पतालले हामीलाई जानकारी गराएपछि अनुसन्धानको क्रममा अन्सारीलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका अन्सारीले बालिकामाथि जबर्जस्तीकरणी गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । अन्सारीमाथि ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । बालिकामाथि बलात्कार गर्ने अन्सारी पक्राउ परेपछि बालिकाको आफन्तले प्रहरीमा जाहेरी दिएका छन् । बलात्कृत भएकी ४ वर्षिया बालिकाको विरगञ्ज अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्