०५ असार २०८३, शुक्रबार

पाकिस्तानी एयर फोर्सको बिमानबाट काठमाडौं ओर्लीए अब्बासी, अर्थमन्त्री खतिवडाद्वारा स्वागत

फागुन २१, २०७४
पाकिस्तानी एयर फोर्सको बिमानबाट काठमाडौं ओर्लीए अब्बासी, अर्थमन्त्री खतिवडाद्वारा स्वागत

काठमाडौं, २१ फागुन– दुई दिने नेपाल भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी काठमाडौं आइपुगेका छन् । 

अब्बासी ३० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार दिउँसो काठमाडौं आइपुगेका हुन् । अब्बासी पाकिस्तानी हवाइ सेना (एयर फोर्स)को विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको स्वागत गरे । प्रधानमन्त्री अब्बासीको सम्मानमा आजै साँझ ५ बजे नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । 

नेपाल म्रमणका क्रममा अब्बासीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतलाई भेट्ने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्