३२ असार २०८३, बिहीबार

राष्ट्रपतिको उमम्मेदवार छनोट गर्न एमालेको बैठक बस्दै

फागुन २२, २०७४
राष्ट्रपतिको उमम्मेदवार छनोट गर्न एमालेको बैठक बस्दै

काठमाडौं, २२ फागुन– राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेकपा एमाले स्थायी समितिको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । 

बैठकमा सरकार विस्तार, माओवादीसँगको पार्टी एकतालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेमा कसलाई राष्ट्रपति बनाउने भन्ने एकमत छैन । 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने पक्षमा रहेको बताइए पनि पार्टीकै केही नेता भने पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्