०१ असार २०८३, सोमबार

चीनमा अंग्रेजी अक्षर 'एन' एक दिनका लागि प्रतिबन्धित

फागुन २२, २०७४
चीनमा अंग्रेजी अक्षर 'एन' एक दिनका लागि प्रतिबन्धित

काठमाडौं, २२ फागुन — हालै चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति पदको कार्यकालका लागि निर्धारित गरेको दुई कार्यकालको सीमा अन्त्य गर्ने प्रस्ताव राखेको थियो । यस प्रस्तावमा चीनका केही मानिसले आलोचना गरेका थिए र सामाजिक सञ्जालमा कडा प्रतिक्रिया पनि आएका थिए । 

मानिसहरूले यस्तो प्रतिक्रिया दिएको देखेपछि चिनियाँ अधिकारीहरू सचेत भए र राष्ट्रपति सीका विषयमा प्रोपागान्डा चलाए । यसअन्तर्गत कम्युनिस्ट पार्टीले नकारात्मक लेखहरूमा प्रतिबन्ध लगायो र सीको प्रशंसा गरिएको लेखलाई बढाइचढाइकन प्रस्तुत गरियो । 

हुँदाहुँदा चीनको इन्टरनेट सेन्सर द ग्रेट फायरवालले सामाजिक सञ्जालमा अक्षर एनको प्रयोगमा रोक लगाइदियो । तर जम्मा एक दिन प्रतिबन्ध लगाइएपछि त्यसलाई हटाइयो । 

एन अक्षरलाई किन प्रतिबन्ध लगाइयो भन्ने विषयमा कसैले कुनै व्याख्या गरेन । चीनको जनतालाई सबै किसिमका प्रतिबन्ध झेल्ने बानी परिसकेको छ तर यो प्रतिबन्धलाई कसैले बुझेन । 

सामाजिक सञ्जालमा चेन्ज द ल, डिसअग्री, इम्मोर्टलिटी र एम्पेरर जस्ता शब्दहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्