१५ असार २०८३, सोमबार

सभामुखमा महरा एकल उम्मेदवार, यस्तो हुन्छ निर्वाचन प्रक्रिया

फागुन २५, २०७४
सभामुखमा महरा एकल उम्मेदवार, यस्तो हुन्छ निर्वाचन प्रक्रिया

काठमाडौं २५ फागुन– प्रतिनिधि सभाको सभामुखका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् । सभामुखमा उनको एक्लो उम्मेदवारीको सम्भावना छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने बताएपछि महरा एकल उम्मेदवार बन्ने भएका हुन् । 

सभामुखका लागि महरा एकल उम्मेदवार भए शनिवार बस्ने संसदको बैठकले उनलाई सभामुख घोषणा गर्नेछ । एकमात्र उम्मेदवारी परे संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समगर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था रहेको  संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । 

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा भने संसदको बैठकमा मतविभाजन गर्नुपर्ने संवैधानिक व्यबस्था छ । अहिलेसम्म जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा बैठकको अध्यक्षता गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्