१० असार २०८३, बुधबार

राजविराजस्थित जुत्ताचप्पल गोदाममा आगलागी, करिब एक करोडको क्षति

फागुन २६, २०७४
राजविराजस्थित जुत्ताचप्पल गोदाममा आगलागी, करिब एक करोडको क्षति

सप्तरी, २६ फागुन– राजविराज बजारमा शनिबार बिहान आगलागी भएको छ । राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान करिब दुई बजे आगो लागेको हो । 

आगलागीमा तीन तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ । आगोले खातुनको नौसाद शु सेन्टर तथा गोदाममा राखिएको सम्पूर्ण जुत्ता, चप्पल जलेर नष्ट भएको छ ।

करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको  छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । राजविराज, शम्भुनाथ, लहान र इनरुवाबाट आएको दमकलले बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

आगलागीको कारण नखुले पनि बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्