२४ जेठ २०८३, आइतबार

क्यान्सरलाई जितेकी अभिनेत्री मनिषा भन्छिन्– क्यान्सरले होइन जनचेतना अभावले मानिसको मृत्यु हुन्छ

फागुन २६, २०७४
क्यान्सरलाई जितेकी अभिनेत्री मनिषा भन्छिन्– क्यान्सरले होइन जनचेतना अभावले मानिसको मृत्यु हुन्छ

काठमाडौं,२६ फागुन– अभिनेत्री मनिषा कोइरालाले क्यान्सरको विषयमा जनचेतना नहुँदा क्यान्सरको कारण मानिसको मृत्यु हुने गरेको बताएकी छन् ।

उनले स्वास्थ्य परीक्षणबाट समयमै पाठेघर र स्तनमा हुने क्यान्सरको बारेमा जानकारी पाउन सकिने भन्दै समयमै स्वास्थ्य परीक्षण नगराउँदा धेरैले ज्यान गुमाइरहेको बताइन् ।

‘ क्यान्सरले होइन जनचेतनाको अभावले मानिसहरुको मृत्यु भएको हो । क्यान्सरबाट बच्नको लागि समयमै स्वास्थ्य परीक्षण गराउँनु पर्छ र स्वास्थ्यकर जीवनशैली हुनुपर्छ ’ उनले भने । 
क्यान्सर केयर नेपालले राम्रो कार्य गरेको भन्दै उनले प्रशंसा समेत गरिन् ।

क्यान्सर केयर नेपाल र नेशनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरको आयोजनामा राजधानीमा आयोजित राजधानीमा आयोजित क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन  ‘नेकोन–२०१८’ उनले यस्तो बताएकी हुन् । 

कार्यक्रममा वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ  डा.सन्ध्या चापागाईंले स्तन क्यान्सर अन्य क्यान्सर भन्दा रोकथाम गर्न सजिलो भएपनि स्तन क्यान्सरबाटै धेरैको मृत्यु हुनु दुःखदायी रहेको बताइन् । 

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पिया, क्यान्सर केयर नेपालका प्रभुराज बैद्य लगायतले आफ्ना भनाइ राखेका थिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल लगायत दक्षित यसियाली राष्ट्रहरुमा बढ्दै गएको स्तन क्यान्सरको रोकथामको लागि छलफल हुने आयोजकले जानएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्