१६ असार २०८३, मंगलबार

माओवादीसँग सम्बन्ध विस्तारका लागि सभामुखमा महरालाई समर्थन- कांग्रेस महामन्त्री

फागुन २६, २०७४
माओवादीसँग सम्बन्ध विस्तारका लागि सभामुखमा महरालाई समर्थन- कांग्रेस महामन्त्री

काठमाडौं, ३६ फागुन-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले माओवादी केन्द्रसँग सम्बन्ध विस्तारका लागि आफूहरूले सभामुखमा उम्मेदवारी नदिएको बताएका छन् ।

शनिबारको संसद बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कोइरालाले यस्तो बताएका हुन् ।

उपसभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने निर्णयमा भने पुगिनसकेको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी सांसद कृष्णबहादुर महरा सभामुख निर्वाचित भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्