१० असार २०८३, बुधबार

सिरियाः विद्रोहीको कब्जामा रहेको स्थान सेनाको घेरामा

फागुन २७, २०७४
सिरियाः विद्रोहीको कब्जामा रहेको स्थान सेनाको घेरामा

काठमाडौं, २७ फागुन– सिरिया सेनाले महत्त्वपूर्ण सफलता हात पारेको छ । विद्रोहीको कब्जामा रहेको सिरियाको गुटा क्षेत्रमा सरकारी सेनाले प्रगति हासिल गरेको हो । 

राजधानी दमास्कस बाहिर रहेको विद्रोहीको मुख्य अखडा मानिएको पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई सेनाले घेरा हालेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी सेनाले थालेको अभियानमा सफलता मिल्दै गएको जनाएको छ ।

सरकारी सेनाले अर्को एक नगरसँगको विद्रोहीको सम्पर्कसमेत टुटाइदिएको छ । सरकारी सेनाको अभियानका क्रममा पछिल्लो समयमा यो क्षेत्रमा ९ सयको ज्यान गइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्