११ असार २०८३, बिहीबार

बोक्सीको आरोपमा कुटपिट भएको घटनाप्रति प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

फागुन २७, २०७४
बोक्सीको आरोपमा कुटपिट भएको घटनाप्रति प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं, २७ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीया राधा चौधरीलाई कुटपिट गर्नेमाथि कडा कारवाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयद्वारा आज जारी प्रेस नोटमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाहीगर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको छ ।

फागुन २४ गते बिहीबार चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोले बाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेका थिए ।

प्रहरीले रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानूनी कारवाहीको प्रक्रियामा जान नदिइ उनलाई छोडिएको खबर सार्वजनीक भएपछि प्रधानमन्त्री ओलीले घटनाप्रति चासो देखाएका हुन् । 

सरकारले चौधरीको सम्पूर्ण उपचार खर्च बेहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्नेमा अग्रसरता देखाउदै र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्