०७ असार २०८३, आइतबार

विमानमा आगलागी, यात्रुहरुको उद्धार जारी

फागुन २८, २०७४
विमानमा आगलागी, यात्रुहरुको उद्धार जारी

काठमाडौं, २८–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । 

एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो । विमानमा ७६ यात्रु सवार थिए ।

दुर्घटनामा परेसँगै विमानमा आगलागी भएको छ । विमानमा रहेका यात्रुको उद्धारका लागि विमानस्थलका कर्मचारी, सुरक्षा निकाय लागिरहेका छन् । आगो नियन्त्रणका लागि काठमाडौं, ललिपुरबाटसमेत दमकल गएका छन् । 

विमानमा रहेका करिब १० जनाको उद्धार गरिएको र अन्यको उद्धार भइरहेको विमानस्थलका अधिकारीहरुले जनाएका छन् । 

ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा रनवेबाट बाहिर जाँदा दुर्घटनामा परेको हो । 
 

कमेन्ट गर्नुहोस्