१० असार २०८३, बुधबार

विमानस्थलका कर्मचारीले भने, ‘डिस्टर्ब नगर्नुस्, एम्बुलेन्स बोलाउनु छ’

फागुन २८, २०७४
विमानस्थलका कर्मचारीले भने, ‘डिस्टर्ब नगर्नुस्, एम्बुलेन्स बोलाउनु छ’
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, २८ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी विमान दुर्घटनापछि उद्धार कार्य जारी छ ।

विमानस्थलको टर्मिनल कार्यालयमा फोन गर्दा कर्मचारी आफूहरू व्यस्त रहेकाले डिस्टर्ब नगर्न आग्रह गर्दै थिए ।

दुर्घटनाको विवरण माग्न कार्यालयमा फोन सम्पर्कमा आएका कर्मचारीले भने, ‘अहिले आगलागी भएको छ, विस्तृत विवरण आउन सकेको छैन, हामीले एम्बुलेन्स बोलाउनु परेको छ । यहाँ फोन गरेर डिस्टर्ब नगर्नुस् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका एयर बंगलाको विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।  ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेटमा दुर्घटनामा परेको थियो । विमानस्थनलमा धुवाँको मुस्लो देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्