१५ असार २०८३, सोमबार

न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

फागुन २८, २०७४
न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

काठमाडौं, २८ फागुन — अमेरिकाको न्युयोर्क सिटीस्थित ईस्ट रिभरमा आइतवार एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । 

हेलिकप्टरमा रहेका पाँचै यात्रुको मृत्यु भएको हो । गोताखोरहरूले यात्रुहरूलाई निकाल्नका लागि भरमग्दुर प्रयास गरेको भएपनि दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन अन्य चाहिँ अस्पतालमा मरेका थिए । 

विमानचालकले चाहिँ आफूलाई मुक्त गराउन सफल भए र नजिकको टगबोटले उनको उद्धार गरेको थियो । 

एक फोटोशूटका लागि भाडामा लिइएको हेलिकप्टर रूजवेल्ट टापुनेर दुर्घटनाग्रस्त भएको थियो । 

प्रहरी कमिस्नर जेम्स ओनीलले पत्रकारहरूलाई बताएअनुसार, फोटोग्राफरहरूले हेलिकप्टर भाडामा लिएका थिए । 

संघीय उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले दुर्घटनाको कारण निर्धारण गर्ने उसले थपेको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्