१० असार २०८३, बुधबार

काठमाडौंमा भएको विमान दुर्घटनालाई प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‘कभरेज’

फागुन २८, २०७४
काठमाडौंमा भएको विमान दुर्घटनालाई प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‘कभरेज’

काठमाडौं, २८ फागुन — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार दिउँसो भएको विमान दुर्घटनालाई प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमुखताका साथ प्रकाशित गरेका छन् । 

बीबीसीको अन्लाइन संस्करणमा यो खबरलाई प्रमुख स्थान दिइएको छ । अवतरणका क्रममा यूएस–बांग्ला विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको बीबीसीले जानकारी दियो । 

त्यस्तै बेलायतबाट निस्कने दी इन्डिपेन्डेन्ट अन्लाइनले पनि विमान दुर्घटनालाई समाचार बनाएको छ । 

समाचार संस्था रोयटर्सले पनि ७१ जना सवार विमान दुर्घटनाग्रस्त भएको खबर दिएको छ । सत्रजनाको उद्धार गरिएको पनि उसले जानकारी दिएको छ । 

त्यस्तै भारतबाट निस्कने हिन्दुस्तान टाइम्स पत्रिकाको अन्लाइन संस्करणले दुर्घटनामा परी २० जनाको मृत्युको आशंका गरिएको लेख्यो । 

चिनियाँ समाचार संस्था सिन्ह्वाले ट्वीट गर्दै विमान दुर्घटनाबारे लेख्यो । विमानमा सवार व्यक्तिको अवस्था अज्ञात रहेको उसले लेख्यो ।

salt training

कमेन्ट गर्नुहोस्