१८ असार २०८३, बिहीबार

वैदेशिक रोजगारको ठगी नियन्त्रण गर्न निर्देशन

फागुन २८, २०७४
वैदेशिक रोजगारको ठगी नियन्त्रण गर्न निर्देशन

काठमाडौँ, २८ फागुन - गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्नका कडा कदम चाल्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ । 

विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई आज मन्त्रालयमा बोलाएर मन्त्री थापाले विदेश जाने कामदारबाट तोकिएकोभन्दा बढी रकम असुल्ने, भनेअनुसारको काम र तलब नपाउने जस्ता समस्याले धेरै युवा पीडित भएको गुनासो आएकाले यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्थालाई कारबाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिनुभयो । 

पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि उहाँले महानिर्देशक आचार्यलाई आग्रह गर्नुभयो । मन्त्री थापाले विभागका साथै अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्