
काठमाडौं, २९ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमान बारे जानकारी लिन बंगलादेशको उच्चस्तरीय टोली आज नेपाल आउँदै छ । बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहान कमालसहितको उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
विदेशमन्त्रीसहतिको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारण बारे पनि नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । यस्तै टोली अहिले केहीबेरमै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छ । टोलीले यूस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरुको उपचार तथा मृत्यु भएकाहरुका बारे औपचारिक जानकारी लिने बताइएको छ ।
हिजो दुर्घटनाग्रस्त भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए । दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।