१० असार २०८३, बुधबार

वरिष्ठ मुटु शल्यचिकित्सक शर्माको निधन

वरिष्ठ मुटु शल्यचिकित्सक शर्माको निधन

काठमाडौं, १ चैत– त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं वरिष्ठ चिकित्सक प्राडा गोविन्द शर्माको निधन भएको छ । 

त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशकसमेत रहेका मुटु शल्यचिकित्सक शर्माको ७५ वर्षको उमेरमा निधन भएको हो । 

रुसमा कार्यरत छोरी तानियालाई भेट्न केही समयअघि रुस गएका शर्माको बुधबार राति निधन भएको हो । 

केही समयअघि देखि कलेजोले काम गर्न छाडेपछि उनलाई भान्जी शान्ता दाहालले उनलाई कलेजो दान गरेकी थिइन् । 

डा. शर्माको २००३ सालमा रामेछापको मन्थलीमा जन्म भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्