१६ असार २०८३, मंगलबार

गएराति आक्रमणमा परेका वडाध्यक्ष सम्पर्कविहीन

गएराति आक्रमणमा परेका वडाध्यक्ष सम्पर्कविहीन

खोटाङ, १ चैत-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । 

गएराति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेका हुन् । आक्रमणपछि हराएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

आक्रमणमा जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए ।

घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्