
काठमाडौ, २ चैत– दलहरु मन्त्रीको टुंगो लगाउन व्यस्त भइरहँदा राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपरान्ह ४ बजे शपथको तयारी गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४ बजेको लागि शपथको तयारी गर्न भनेको शीतल निवास स्रोतले जनाएको छ ।
आज एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीलाई समेटेर प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेको बताइएको छ ।