
काठमाडौं, २ चैत– माओवादी केन्द्रबाट मन्त्री बन्ने पाँच जनाको नाम टुंगो लागेको छ ।
मन्त्री बन्नेहरुको नाम माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । चार बजे शपथको तयारी गरिएको छ ।
माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति वस्नेत, चक्रपाणि खनाल र विना मगर मन्त्री बन्ने भएका छन् ।
यसअघि चर्चामा रहेका जनार्दन शर्मा मने लिस्टमा परेनन् ।
पुनलाई उर्जा, पोखरेल शिक्षा, बस्नेत वन, खनाल कृषि, मगर खानेपानी मन्त्री बन्ने भएका हुन् ।
माओवादीका तर्फबाट गृहमन्त्रीमा रामबहादु थापा र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि छन् ।