
बुटवल, २ चैत- प्रदेश ५ का मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डीसीले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् । डीसीलाई उच्च अदालत दाङ तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले शपथ गराएका हुन् ।
दाङ स्थायी घर भएका डीसीलाई मुख्यमन्त्री शंकर पोखरेलले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । संविधानको धारा १६० ( २) अनुसार मुख्य न्यायाधिवक्तामा नियुक्त डीसीलाई प्रदेश मन्त्रिपरिषद्को चैत २८ को निर्णयअनुसार शपथ गराइएको हो ।
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेल, सभामुख पूर्णबहादुर घर्तीमगरसहित सरकारी उच्च अधिकारी र बार एशोसिएसनका पदाधिकारी सहभागी थिए ।