०५ असार २०८३, शुक्रबार

अमेरिकी सेना बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त

चैत २, २०७४
अमेरिकी सेना बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त

वासिङटन, २ चैत - अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

“विमानमा सात सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए । 

इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्