२६ जेठ २०८३, मंगलबार

तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टारलाई

तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टारलाई

बुटवल, ३ चैत–बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा फाइनल खेलमा चार पटकको विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि आफ्नो पोल्टमा पार्न सफल भएको हो । बुटवल–११ देवीनगर स्थित एन्फा टेक्टिकल सेन्टरमा प्रतियोगिता भएको हो । 

उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ भने उपविजेताले पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँमा चित्त बुझाएको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६६ औं मिनेटमा बिमल घर्ती मगरको पासलाई बचाउन खोज्दा नेपाल पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्न पुगे । खेलको ७९ औं मिनेटमा सुनिल बलको कर्नर बमा निराजन खड्काले गोल गरे । 

थ्रिस्टारका एलन न्यौपाने उत्कृष्ट गोलरक्षक, टिम क्याप्टेन रिाजन खड्का सर्वोउत्कृष्ट खेलाडि, टिम कोच मघराज केसी उत्केष्ट कोच घोषित भए । सर्वोउत्कृष्ट खेलाडी घोषित थ्रिस्टारका टिम क्याप्टेन निराजन खड्काले स्कुटर हात पारे । त्यस्तै उत्कृष्ट मिठ फिल्डरमा नेपाल पुलिसका भोला सिलवाल, उकृष्ट स्पाईकर पुलिसकै रेजिन सुव्वा र रुपन्देही ११ पुर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । 

उनीहरुले नगद २१ ह्जार प्राप्त गरे । प्रतियोगिताको उपाधि जितेको थ्रिस्टारले नगद सात लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्यो । त्यसै गरि उपबिजेता बनेको नेपाल पुलिसले चार लाख ४४ हाजर ४ सय ४४  रुपैयामा चित्त बुझायो । 

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त पुरस्कार बितरण गरेका थिए । जिल्ला फुटवल संघको अयोजनामा फागुन २४ गते बाट प्रतियोगिता सुरु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्