२५ जेठ २०८३, सोमबार

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु
सांकेतिक तस्बिर

एथेन्स, ३ चैत– टर्कीबाट ग्रीसतर्फ यात्रा गरिरहेका चार बालबालिकासहित १४ जना शरणार्थीको उनीहरू यात्रारत काठको डुङ्गा शनिबार समुद्रमा डुब्दा मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था आम्नाले जनाएको छ । 

“डुङ्गा दुर्घटनामा परेका १४ जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको र हराइरहेका तीन जनाको खोजी भइरहेको छ,” ग्रीक सामुद्रिक सुरक्षा गार्डले पनि जनाएका छन् । तर ग्रीक अधिकारीले यसको अझै औपचारिक घोषणा गरेका छैनन् । 

दुर्घटनापछि पौडी खेलेर किनारमा पुग्न सफल केही व्यक्तिले डुङ्गामा २० जना यात्रु रहेको बताए । डुङ्गा वस्तीबाट केही टाढा दुर्घटना भएको र दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । 

थप यात्रुपनि जीवित पाउने विश्वासमा ग्रीक सामुद्रिक सुरक्षा गार्ड, नौसेनाको पानीजहाज तथा हेलीकोप्टरमार्फत खोजी जारी रहेको बताइएको छ । 

एैजन क्षेत्रमा केही महिना यता डुङ्गा दुर्घटना भएका खबर नआइरहेका समय शनिबारको दुखान्त घटना भएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् । 

सन् २०१५ पछि एैजन सामुद्रिक क्षेत्रमा सयौैं आप्रबासी शरणार्थीले ज्यान गुमाएका राष्ट्रसङ्घको तथ्याङ्क छ । 

यात्राका लागि अत्यन्तै खतरनाक मार्ग मानिने उक्तबाटो विभिन्न मुलुकबाट टर्कीहुँदै ग्रीस पुग्ने शरणार्थीको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । 

पछिल्लो समय शरणार्थीले नाटकीय रूपमा उक्त बाटोको प्रयोग नगरिरहेको समय शनिबार उक्त डुङ्गा दुर्घटना भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्