०४ साउन २०८३, सोमबार

लिभरपुलसँग वाट्फोर्ड पराजित, जितसँगै तेस्रो स्थानमा उक्लियो

लिभरपुलसँग वाट्फोर्ड पराजित, जितसँगै तेस्रो स्थानमा उक्लियो

काठमाडौं, ४ चैत– इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५–० ले हराएको छ । जितसँगै लिभरपूल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन इजिप्टका खेलाडी मोहोमद सालाहले ४ गोल गर्दा रोबर्टो फर्मीनोले अर्को एक गोल थपे । प्रिमियर लिगकै अर्को खेलमा बर्नमाउथले वेष्ट ब्रोमलाई २–१ ले हरायो ।

खेलमा बर्नमाउथलाई विजयी गराउन जोर्डन ईबे र जुनियर स्टानिस्लासले एक एक गोल गरे । वेष्ट ब्रोमका जे रोड्रिग्वेजले एक गोल गरेका थिए ।

यसैगरी क्रिष्टल प्यालेसले हडर्सफिल्ड टाउनलाई २–० ले हराउँदा एभर्टनले स्टोक सिटीलाई २–१ पाखा लगायो ।
 

salt training

कमेन्ट गर्नुहोस्