३१ जेठ २०८३, आइतबार

कल्भर्टमा डुबेको अवस्थामा शव फेला

कल्भर्टमा डुबेको अवस्थामा शव फेला

झापा, ४ चैत- झापाको अर्जुनधारा–११ स्थित त्रिवेणी टोल निवासी ३२ वर्षीय ललित चौधरी सार्की खोलाको कल्भर्टमा मृत फेला परेका छन् । 

उनी गएराति सो कल्भर्टमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । राति ८ बजेतिर स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले उनको शव कल्भर्टबाट राति नै निकाले र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्