३१ जेठ २०८३, आइतबार

दिपक मनाङेविरुद्ध रेड कर्नर नोटिस जारी

दिपक मनाङेविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं, ४ चैत– मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएकाे छ । 

ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका मनाङेविरुद्ध नेपाल प्रहरीकाे अाग्रहमा इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको हो । 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । 

सर्वोच्च अदालतले गत माभ २ गते पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्