०७ असार २०८३, आइतबार

त्रिविमा भर्ना खोल्नुपर्ने माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र

कात्तिक २०, २०७४
त्रिविमा भर्ना खोल्नुपर्ने माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र


काठमाडौँ, १८ माघ - शैक्षिक क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुलाउन माग गदै नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।tu-logo

त्रिवि शैक्षिक क्यालेन्डरअनुसार माघमा खोल्नुपर्ने स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना हालसम्म नखोलेकाले भर्ना खोल्न माग गर्दै सो ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका सचिवालय सदस्य माधव पन्तले जानकारी दिनुभयो ।

त्रिविले स्ववियु निर्वाचनका लागि यहि माघ १५ गतेदेखि त्रिविअन्तर्गतका सबै क्याम्पसको स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्नामा रोक लगाएको छ ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी सङ्गठनका केन्द्रीय नेताहरुसँग छलफल गरेर यस सम्बन्धी आवश्यक निर्णय लिने बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्