१६ असार २०८३, मंगलबार

प्रदेश पाँचको सरकारलाई खुल्यो आर्थिक गतिविधि गर्ने बाटो

चैत ८, २०७४
प्रदेश पाँचको सरकारलाई खुल्यो आर्थिक गतिविधि गर्ने बाटो

बुटवल, ८ चैत– प्रदेश नम्बर पाँचले आर्थिक कार्यविधि ऐन पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको आठौं बैठकले प्रदेश नम्बर ५, प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधि विधयेक पारित गरेको हो । विधयेक उपर कुनै संशोधन दर्ता भएको थिएन । 

यस अगाडि (चैत ४ गते) सरकारले आर्थिक कार्यविधि ऐन संसदमा ‘टेबल’ गरेको थियो । मुख्यमन्त्री पोखरेलले उक्त विधयेक संसदमा प्रस्तुत गरेका थिए । 

संविधानको धारा ५९ र २१३ बमोजिम उक्त विधयेक पारित गरिएको हो । आर्थिक विधेयक पारित भएसँगै प्रदेशमा आर्थिक गतिविधिका लागि बाटो खुलेको छ । विधयेक सभामुख पूर्णबहादुर घर्तीले निणयार्थ प्रस्तुत गर्दा गरेको थिए । विधयेकको विपक्षमा कुनै आवाज नउठेपछि स्वत पारित भएको हो । 

विधेयक पारित भएपछि प्रदेशको सञ्चित कोष, सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने कानुन निर्माण, राजस्व संकलन लगायत कानुन निर्माणका लागि बाटो खुलेको छ ।
विधयेकको महत्वबारे संसदमा बोल्दै सरकारका प्रवक्त बैजनाथ चौधरीले अब सरकारले खर्च गर्न बाटो खुलेको बताए । अब पूर्व बजेटको छलफल, सञ्चित कोषको सञ्चालन गर्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्