
काठमाडौं– भारतको विहार राज्यको मुजफ्फरपुरमा सन २०१४ रहस्यमय तरिकाबाट एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

मष्तिस्क सम्बन्धी रोगका कारण मुजफ्फरपुरमा रहेका स्थानीयहरुको मृत्यु भएको थियो । अमेरिका र भारतीय केही वैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार ती व्यक्तिहरुको मृत्युको कारण विहान खाली पेटमा लिची खानु रहेको थियो ।
मुजफ्फरपुर लिचिको लागि प्रख्यात छ । यस रोगको कारण मुजफ्फरपुर करिब २ दशकदेखि थुप्रैको मृत्यु भइसकेको छ । यस्तै घटना पश्चिम बंगालको मालदा इलाकामा पनि देखिएको थियो ।
बेलुकीको खाना नखाँदा शरीरमा हाइपोग्लाइसिमिया वा लो– ब्लड सुगरको समस्या हुने गर्छ । खासगरी लिवर र मसल्समा ग्लाइकोजना– ग्लूकोजको मात्रा निकै कम हुने बच्चामा यस्तो समस्या देखापर्छ ।
यसको कारण शरीरमा स्फूर्ति ल्याउने गर्छ र ग्लूकोज उत्पादन गर्ने कम गर्छ ।
लिचिमा प्राकृतिक रुपमा पाउने विषाक्त पदार्थ hypoglycin A र methylenecyclopropylglycine (MPCG) ले शरीरमा फैटी एसिड मेटाबालिजम बन्न रोक्ने गर्छ ।
यसका कारण शरीरमा ब्लड सुगर लो लेभलमा जाने गर्छ र मष्तिस्कमा असर गर्ने गर्छ ।
अनुसन्धानको विवरण ‘द लैनसेट’ नामक मेडिकल पत्रमा प्रकाशित भएको छ । सन २०१३ मा नेशनल सेन्टर अफ दिजिज कन्ट्रोल (एनसीडिसी) र युएस सेन्टर अफ दिजिज कन्ट्रोलले संयुक्तरुपमा शोध गरेका थिए । एजेन्सी