०७ असार २०८३, आइतबार

फ्रान्सको एक सुपरमार्केटमा कैयौं मानिस बन्धक बनाइए, एकको मृत्यु

फ्रान्सको एक सुपरमार्केटमा कैयौं मानिस बन्धक बनाइए, एकको मृत्यु

काठमाडौं, ९ चैत — फ्रान्सको दक्षिणी भाग त्रेबेसस्थित एक सुपरमार्केटमा एक बन्दुकधारीले कैयौं मानिसलाई बन्धक बनाएको खबर छ । 

स्थानीय देपेचे दु मिदी पत्रिकाले उक्त बन्धक प्रकरणमा परी कम्तीमा एकजना मारिएको लेखेको छ । 

अन्य फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार, त्यसअघि बन्दुकधारीले जगिङ गरिरहेका प्रहरीहरूमाथि गोली चलाएको थियो । एक प्रहरीलाई चोट लागेको छ तर गम्भीर चोटपटक छैन । 

प्रहरीका विशेष बलहरू सुपर यू शपतर्फ परिचालित गरिएका छन् । 

बन्दुकधारीले आफूलाई इस्लामिक स्टेट समूहको सदस्य भएको बताएको एक अभियोजनकर्ताको भनाइ छ ।

रोयटर्स/बीबीसी
 

कमेन्ट गर्नुहोस्