१४ असार २०८३, आइतबार

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमालेमा प्रवेश

कात्तिक २०, २०७४
अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ, १९ माघ - अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराउनुभएको हो ।

भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुनुहुन्छ ।

नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले दृढ देखिएकाले सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्