११ साउन २०८३, सोमबार

तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप शुरू, आयोजक टिम क्वाटरफाइनलमा

तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप शुरू, आयोजक टिम क्वाटरफाइनलमा

बुटवल, ९ चैत– तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नक आउट फूटबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरू भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । 
यसैबीच शुक्रबार भएको पहिलो उद्घाटन खेलमा पाहुना टोली सुदुरपश्चिम ११ लाई हराउँदै आयोजक टिम मदन भण्डारी स्पोर्टस् एकेडेमी क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा सुदुरपश्चिम ११ लाई ५–१ ले हराउँदै आयोजक क्वाटरफाईनलमा प्रबेश गरेको हो । मदन भण्डारीका लागि प्रकाश बुढाथोकीले २, विदेशी खेलाडी आबा, विश्व अधिकारी र दिप आलेले १–१ गोल गरे । सुदुरपश्चिम ११ का लागि एक मात्र शान्त्वना गोल पूर्ण अन्जन ध्वजुले गरे ।

सोमबारदेखि १९ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहेको छ । खेल र खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडी ३ लाख रुपैयाँ बिमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्वितीय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन् । 

त्यसैगरी सर्वोउत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाइ छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपंक्ति खेलाडीले नगद २१–२१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम ११, नेपाल आर्मी, थ्रीस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्र्याङ्दी, सुनौलो संगम, एपीएफ क्बल र झापा ११ को सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत चैत ११ गते झापा ११ र एपिएफ क्लवकाबीच प्रतिस्पर्धा हुनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्